विराटनगर महानगरपालिकामा गुणस्तरहीन काम भइरहेकोबारे निर्माण व्यवसायी (ठेकेदार) सँग बुझ्दा मेयरलाई उल्टै थर्काउने ठेकेदारका प्रतिनिधि पक्राउ गरेका छन् ।

निर्माणस्थलमा रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विराटनगरको महेन्द्रचोकमा पक्की नाला बनाउँदा गुणस्तरहीन काम भइरहेकोमा मेयर भीम पराजुलीले सोधखोज गर्दा उल्टै थर्काएपछि निर्माण कम्पनी टुण्डीरमण निर्माण सेवाका आयोजना व्यवस्थापक रवि पन्तसहित सुपरभाइजर विनय साह र अर्का एक जनालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको मेयरका प्रेस संयोजक कौशल निरौलाले बताए ।