दमक /दमक मारवाडी युवा मञ्चको आयोजना र दमक रेडक्रसको प्राविधिक सहयोगमा आज रक्तदान कार्यक्रम भएको छ । मारवाडि सेवा समितिको भवन परिसरमा भएको रक्तदानमा ६६ पिन्ट रगत संकलन भएको बताईएको छ ।
शनिबार विहान दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले कार्यक्रमको उद्घाटन गरेकी थिइन । मारवाडि युवा मञ्चका अध्यक्ष विकास जिन्दलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।











