दमक/ झापाको माई पश्चिम क्षेत्रमा रहेका पत्रकारहरुको साझा संगठन दमक पत्रकार मञ्चको आज नयाँ कार्य समिति गठन भएको छ । विभिन्न संगठनमा आवद्ध पत्रकारहरुको संगठनको सहमतीमा मनकुमार गदाल नेतृत्वको साझा प्यानल निर्विरोध निर्वाचित भएको छ ।

समितिको उपाध्यक्षमा झगेन्द्रबहादुर खड्का, सचीवमा देशराज नेम्बाङ्ग, सह–सचीव उमानाथ भण्डारी, कोषाध्यक्षमा कुसुम तामाङ निर्वाचित हुनु भएको छ । यस्तै सदस्यहरुमा गीता ढुङ्गाना, श्यामकृष्ण लम्साल, चेतन आङ्थुपो र धनबहादुर थेवे चयन हुनु भएको छ । विजयी ९ जनाको कार्य समितिलाई अविर माला सहित पमाण पत्र हस्तान्तरण गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसभन्दा अगाडि विष्णुप्रसाद पोखरेल अध्यक्ष रहनु भएको थियो । दूइ महिना अघि नै अधिवेसन भएपनि बिभिन्न कारणले गर्दा नयाँ नेतृत्व चयन हुन सकेको थिएन ।