उनी सुनका एक सुराक हुन् । उनको अनुहार हामीले गोपनियताका लागि गोप्य नै राखिदियौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सिआइबीले २०७० साल असार २६ गते काठमाडौंको कोटेश्वरबाट बरामद गरेको ३५ किलो सुनको सुराकी उनैले दिएका थिए र त्यही आधारमा सीआइवीले ३५ केजी सुन पक्राउ गरेको थियो । अहिले उनी त्यही सुराक दिए वापत पाइने सुराकी खर्चका लागि भौतारिएका छन् । यो मुद्दामा संग्लन सबैलाई उनको वारेमा यथार्थ थाहा पनि छ तर आलटाल गरेको पनि ४ बर्ष पूरा भयो तर उनको माग अहिले पनि पूरा भएको छैन ।
https://youtu.be/4pJKyE2gCpEत्यतिबेलाको कानुन अनुसार सुराकी बराबरको पाउनु पर्ने १५ प्रतिशत रकम उनले अहिलेसम्म पाएका छैनन् । घटनाको ४ बर्ष वितिसक्दा पनि सुनका सुराकीले नियम अनुसारको पुरस्कार पाएनन् । बरु प्रहरी प्रशासनबाटै जालझेल सुरु भयो र आजसम्म आइपुग्दा नियम कानुन नै परिवर्तन भएको भनी आलटाल गरेर नियम अनुसारको कमिसन नदिने खेल भइरहेको छ । सुराकी बराबरको पाउनु पर्ने रकमको लागि सम्बन्धित निकायमा जाँदा तस्करी समुह र प्रहरीबाट नै आफ्नो ज्यान जोखिममा रहेको सुराकी उनको गुनासो छ ।
२०७० साल असार २३ गते प्रहरीले काठमाडौंको कोटेश्वरबाट ३५ किलो सुन समात्यो । ३ जना ब्यक्तिको सुराकीमा प्रहरीले सो परिमाण बराबरको सुन समातेको थियो । बरामत भएको सुनको १५ प्रतिशत मूल्य बराबर सुराकी कमिशन दिने त्यतिबेलाको कानुनी व्यवस्था थियो । जसअनुसार उक्त ३५ केजी सुनको तत्कालीन बजार भाउँ अनुसार १४ करोड ५२ लाख ७० हजार ९४ रुपैयाँ ४९ पैसा हुन्थ्यो र उनले पाउने १५ प्रतिशत सुराकी खर्च वापत २ करोड १७ लाख ९० हजार रुपैयाँ हुन्थ्यो र त्यसको पनि २५ प्रतिशत रकम राज्य कोषमा दाखिला गरि उनले करिब १ करोड ६३ लाख रुपैयाँ पाउने थिए । तर, प्रहरी नेतृत्वले आफ्नै नाता गोतालाई नक्कली सुराकी खडा गरेर वास्तविक सुराकीलाई कमिसन नदिएपछि यो काण्ड बाहिर आएको हो ।
वास्तविक सुराकी दाबी गर्नेहरुले आफूहरुले कमिशन नपाएको र प्रहरी नेतृत्वले नक्कली सुराकी खडा गरेर आफन्तलाई कमिशन दिएको दाबी गर्दै विभिन्न निकायमा उजुरी गरे । उनीहरुले अख्तियारमा पनि उजुरी गरे । प्रहरीकै जालझेल, अख्तियारको आलटालपछि लेखाको शरणमा ३५ केजी सुन प्रकरणको सुराकी गरेका उनले प्रहरीबाटै जालझेलको सामाना गर्नुप¥यो । एकपटक यो सुन्नुहोस् जहाँ उनले प्रहरीलाई ३५ केजी सुनको सुराक यसरी दिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धानमा आलटाल र ढिलाइ भएको र प्रहरीका उच्च अधिकारीबाट ज्यान मार्ने धम्कीसमेत आएको भन्दै सुराकीहरुले आफ्नो सुरक्षा र घटनामाथि छानविन गरी आवश्यक कारवाही गर्न तत्कालीन संसदको लेखा समितिमा निवेदन दिएका थिए । सार्वजानिक लेखा समितिले यस विषयमा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयसँग पटकपटक प्रष्टीकरण लिएको थियो । चित्तबुझ्दो जवाफ नआएपछि समितिले तत्कालिन गृहसचिव सूर्यप्रसाद सिलवाल र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसंग स्पष्टीकरण लिएको थियो । या सुन्नुहोस् तत्कालिन लेखा समितीको सांसदहरुको यो भनाई । सुराकीको निवेदनसँगै ३५ किलो सुन काण्ड संसदमा प्रवेश गरेको थियो । सो बेला सभासद धनराज गुरुङले केन्द्रीय अनुसन्धान ब्यूरोका हवल्दार सुरेन्द्र स्वाँर र सुराकीबीच सुराकी कमिसनमा भएको मोलमोलाईको भिडियो नै संसदमा देखाएका थिए । त्यसैगरी गुरुङले सीआइबीका तत्कालीन एसपी ईश्वरबाबु कार्की र सुराकीबीच टेलिफोनमा भएको कुराकानीको अडियो पनि संसदमा सुनाएको थियो । यो सुन्नुहोस् । त्यसैगरी ३५ किलो सुन प्रकरणमा तत्कालीन सीआइबी प्रमुख केशबहादुर शाहीविरुद्ध उजुरी दिने सीआइबीका तत्कालीन प्रवक्ता एसपी ईश्वरबाबु कार्कीले सुराकीसँग गरेको टेलिफोन वार्ताको अडियो रेकर्ड पनि संसदमा पुगेको थियो । त्यस लगतै यस विषयमा तत्कालीकन माओवादीका सांसद एवं लेखासमितिका संयोजन जनार्दन शर्माले समेत चासो लिएर छानविन सुरु गरेका थिए । छानविन पछि वास्तविक सुराकी पत्ता लागे । बास्तविक सुराकी ३ जना नै हुन् भन्ने प्रमाणित पनि भयो तर अहिलेसम्म सुराकि बराबर पाउने पर्ने रकम पाएका छैनन् । त्यसपछि बास्तविक सुराकीलाई रकम दिन जिल्ला अदालत काठमाडौं र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत तीन जनालाई वास्तविक सुराकि ठहर गर्दै सुराकि बराबरको कमिसन दिनु पर्ने भनेर राजस्व अनुसन्धान विभागलाई पत्र समेत काटेको छ । बरामद भएको समयको ऐन अनुसार सुराकी वापत १५ प्रतिशत पाउने उल्लेख छ । यसरी ३५ किलो सुनको मुल्याङकन जर्ति कटाई १४ करोड ५२ लाख ७० हजार ०९४ रुपैयाँ रहेको देखिएको छ । यसको १५ प्रतिशत दुई करोड १७ लाख ९० हजार पाँच सय १४ रुपैयाँ हुन आउँछ । र, त्यस मध्ये २५ प्रतिशत राज्य कोषमा जम्मा गरि सुकाकीले पाउँने रकम करिब १ करोड ६३ लाख हुन्छ । तर सुराकीहरुले रकम पाउनुको सट्टा ज्यान जोखिममा रहेको उनीहरुको गुनासो छ । भन्सार ऐन २०६४ को नियम ४७ अनुसार सुराकी बराबर वस्तुको १५ प्रतिशत कमिशन पाउने पर्ने व्यवस्था रहेको छ । तर सुराकीहरुलाई विभिन्न जालझेल गरेर रकम नदिने षड्यन्त्र भइरहेको छ । यस्तो थियो ३५ किलो सुन काण्डको रहस्य चीनको खासाबाट भित्र्याइएको ३५ किलो सुन बा ३ ख २५७० नम्बरको टाटा वक्स कन्टेनरबाट तीन जना व्याक्तिको सूचनाको आधारमा सिआइबीले कोटेश्वरबाट बरामद गरेको थियो । सुनसंगै कन्टेनरका चालक निमा छिरिङलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । चालक निमाको वयानका क्रममा सुनका मालिक हाल चर्चित ३३ किलो सुन काण्डका फरार अभियुक्त एमके भनिने मोहन अग्रवाल, कन्टेनरका मालिक ओमबहादुर बज्राचार्य, घ्याम्पे लामालाई प्रहरीले पक्राउ गरेको थियो । तीनै जना जिल्ला अदालतको आदेश अनुसार धरौटिमा छुटेका थिए । सोही सुन काण्डमा प्रहरीले सुराकिमा वास्तविक नाम नै नराखि नक्कली सुराकी खडा गरेर राखेको समेत भेटिएको थियो ।
सुनको सुराक सिध्याएर तस्करीलाई बढावा ३५ किलो सुनकाण्डका सुराकीहरु अहिले आफुले पाउनुपर्ने रकम नपाएर अहिले समस्यामा छन् । यदि यस्तो हुने थाहा भएको भए उनीहरुले जोखिम मोलेर यसरी सुराकी दिने थिएनन् । ३५ किलो सुनकाण्डका सुराकी भन्छन्, प्रहरी प्रसासनदेखि सरकारी वकिल र भन्सार विभाग र अर्थ मन्त्रालयकै उच्च पदस्तहरु छलछाम गरिरहेका छन् । ३५ किलो सुन समातिँदा अहिले अर्थ मन्त्रालयका राजस्व सचिव शिरिर ढुंगाना तत्कालिन भन्सार विभागका महानिर्देशक थिए । ३५ किलो सुन समातिए लगतै उनले नै सुराकीलाई दिने रकम घटाउनुपर्छ भनेर टिप्पणी उठाएर ऐन परिवर्तन गर्न लगाएका थिए । तत्कालिन अर्थ सचिव सुमन शर्मा थिए । सो बेला सुराकीले पाउने पैसा पाँच लाख मात्रै बनाइयो । त्यसपछि सोही ठाउँमा लोकदर्शन रेग्मी अर्थ सचिव भएर आए । र उनको पालामा बरामद भएको समानको १० प्रतिशत वा १० लाख मध्ये जुन घटि हुन्छ त्यही पाउने भनी सरकारले सचिव स्तरीय निर्णय ग¥यो । त्यतिबेलासम्म चिनको तातोपानी नाकाबाट आएका सुनहरु सुराकीका आधारमा बेलाबसखत समातिराख्थ्यो । जव सुराकीले पाउने रकम कटौती भयो तब तातोपानीबाट हुने सुनको तस्करी बारे कुनै घटना बाहिर आएका छैनन् । जसले गर्दा टनका टन सुन अहिलेपनि ओसारिरहेको छ भन्ने प्रष्ट हुन्छ ।
३५ किलो बरामद भए लगतै नेपाल सरकारको सचिव स्तरको बैठकले २०७१ माघ २९ को निर्यणले बरामद भएको समानको १० प्रतिशत वा १० लाख मध्ये जुन घटि हुन्छ त्यही रकम सुराकीलाई उपलब्ध गराउनु भन्ने रहेको छ । तर ३५ किलो सुन बरामद हुदा भने भन्सार नियामावलि २०६४ को नियम ४७ वमोजिमनै पुरस्कार रकम भुक्तानी गर्न भन्ने भन्सार विभागको पत्र छ । यसबाट सुराकीलाई ज्यानमात्र जोखिम हुने देखिन्छ । उनीहरुका अनुसार वास्तविक सुराकीले रकम नपाउँदा सुराकी दिनेको मनोबल समेत गुमेको र सचिव स्तरिय यस प्रकारको निर्णयले तस्करी गर्नेहरुलाई बल पुगेको छ ।
यो निर्णय गराउन तत्कालीन भन्सार विभागका महानिर्देशक तथा अहिलेका राजश्व सचिव शिशिर ढुंगाना र मुख्य सचिव लोकदर्शन रेग्मीले अहम् भूमिका खेलेका थिए । जानकार स्रोतहरु भन्छ सुन तस्करका नाइके मोहन अग्रवाल र हरि खड्का लगायतको दवाव र प्रभावमा यो निर्णय भएको छ । त्यस यता न त हुण्डीवालाहरु समातिएका छन् न त ठूला सुन र डलर काण्ड नै । बरु सुराकीहरुले प्रहरी र तस्कर दुवैलाई ब्लाकमेल गर्ने र तस्करहरुबाटै रकम असुल्ने धन्दा चलाइरहेका छन् ।
प्रधानमन्त्रीदेखि गृहमन्त्री सम्मले टना टन सुन नेपाल भित्रिने गरेको बताइरहँदा प्रह्रीले समात्न नसक्नु सुराकी नै नहुनु हो । सरकारले सुराकीलाई दिने रकममा गरेको कटौतीले सुन तस्करी केजीमा होइन टनमा पुगेको देखिएको छ । सुन नसमातिनुमा प्रहरी मनोबल घटेर पनि हैन । कारण हो, सरकार नै । सुन समातिने सिलसिला रोकिनुको कारण हो सुराकी भत्तामा कटौती सबैभन्दा ठूलो तथ्य रहेको देखिन्छ । अघिल्लो सरकारले गरेको यस्तो कामले गर्दा आजकल सुराकीहरु नै दोहोरो भूमिका खेल्न र जताबाट पैसा बढी आउँछ, त्यतैतिर लाग्न थालेका छन् । सुनको सुराकी दिएर भन्दा सुराकी नदिएर तस्करबाट बढि रकम पाउने भएपछि सुन तस्करीका घटना बाहिर आउन छाडेको हो । अहिले पनि दैनिक केरुङ रसुवागढी र त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल हुँदै १०० किलो सुन नेपालबाट भारतसम्म तस्करी भइरहेको प्रहरीको अनुसन्धानले देखाएको छ । तर निक्कै थोरै मात्रामा मात्रै सुन पक्राउ भइरहेको छ । राजस्व अनुसन्धान विभागका अनुसार अबैध सुनको सुराकी गर्ने र सुन समात्ने प्रहरीले पाउने कमिसन यसअघि १५ प्रतिशत थियो । अर्थात सुनको सुराकी दिने र प्रहरीले बरामद सुनको रकमको १५ प्रतिशत कमिसन पाउने गरेका थिए । तर हाल ऐनमा सुधार भई जति सुकै सुन बरामद भएपछि १० लाख रुपैयाँ भन्दा कमिसन नआउने भएकाले सुराकी र प्रहरीले सानोतिनो सुन समात्न छाडेको छ । प्रहरीका अनुसार सुन ओसार्ने व्यक्तिलाई तोकिएको रकम मात्रै दिँदा सुन ओसारेबापत पाउने रकमभन्दा सुराकीको प्रतिशत बढी हुने भएपछि खासाबाट भित्रिएका अधिकांश सुन प्रहरीले बरामद गरेको थियो । यो क्रम बढेपछि मुख्य लगानीकर्ताले सुन भरियालाई निश्चित रकमसँगै सुन भण्डारण हुने स्थलसम्म सुरक्षित पु¥याएबापत निश्चित प्रतिशत थप रकम दिन थालेपछि सुनको सुराकी आउने क्रम रोकिएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार अधिकांश सुनका सुराकी भरिया तथा नाका र सडकमार्गको सेटिङ मिलाउने नै रहेका छन् । सुन बोकेबापतको रकमभन्दा सुनको सुराकी गर्दा आउने वैध कमिसन बढी आउने हुँदा उनीहरूबाट सूचना आउँथ्यो । तर यो हुरा कारोबारीले चाल पाएर थप कमिसन दिन थालेपछि सूचना आउने क्रम पातलिएको प्रहरी बताउँछ र निरन्तर कमजोर बन्दै गएको मौका छोपेर सुन तस्करहरुले अहिले दैनिक एक सय केजी भन्दा बढी सुन तस्करी भइरहेको छ । न्युज २४ नेपाल बाट
https://youtu.be/4pJKyE2gCpE










