काठमाडौं- लामो विवादपछि नेपाल प्रहरीका २८ डिएसपीको एसपी बढुवामा सिफारिस भएको छ। शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवा सिफारिस गरेको हो।
बढुवाको अग्रस्थानमा परेका अच्युत पुडासैनी र प्रताप गुरुड आगामी कात्तिक महिनामा अवकाश पाउँदैछन्। त्यसपछि आफ्नो ब्याचमा डिएसपी विश्व अधिकारी पहिलो नम्बर तथा सानुराम भट्टराई दोस्रो नम्बरमा बढुवा सिफारिसमा परेका छन्। २०५६ साल असार ३ गते इन्सपेक्टरमा भर्ना भएको फ्रेस टोलीमध्ये भट्टराई पहिलो नम्बरमा परेका छन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीको पिएसओका रुपमा कार्यरत छन्। त्यस्तै ओम प्रसाद अधिकारी, विश्वमणि पोखरेल बढुवामा अघि परेका छन्। यसअघि आफ्नो ब्याचमा एक नम्बरमा गंगा पन्त पछाडी परेकी छिन्। २८ रिक्त पदमा ४८ जना प्रतिस्पर्धी हुँदा बढुवा लम्बिएको थियो।
साथै कसलाई एक नम्बरमा बढुवा गर्ने भन्ने विवाद समेत थियो।
यस्तो छ बढुवा सुची-











