नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य आज मध्यरातदेखि लागू हुने गरी फेरि बढाएको छ ।
पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर तीन÷तीन रुपैयाँका दरले वृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
यो सँगै पेट्रोलको मूल्य ११३ पुगेको छ भने डिजेल र मट्टितेलको ९५ पुगेको छ । ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।
यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ तथा डिजेल र मट्टितेलमा ३.४९ घाटा रहेको जनाएको छ ।










