संघीय संरचनाअनुसार तीन तहको सरकार चलाउन १ लाख ११ हजार कर्मचारी आवश्यक पर्ने निश्चित भएको छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका लागि यति कर्मचारी आवश्यक पर्ने कर्मचारीको संगठन तथा व्इवस्थापन सर्वेक्षण (ओएनएम) बाट तय भएको हो ।
त्यसमा करिब ५० हजार प्रशासन सेवाका कर्मचारी रहनेछन् । स्वास्थ्य सेवासहित भने कर्मचारी संख्या १ लाख १७ हजार हाराहारी चाहिनेछ । स्वास्थ्य सेवामा सबैजसो कर्मचारी करारमा छन् भनेर आजको कान्तिपुरमा खबर छ ।










