इलाम । रतुवा खोलाबाट अवैध रुपमा बालुवा निकाल्दै गरेको २ वटा स्काभेटर प्रमुख जिल्ला अधिकारी र प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ। माङ्सेबुङ गाउँपालिकामा बालुवा निकालिरहेका बेला प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले स्काभेटर नियन्त्रणमा लिएको हो।

गाउँपालिका ३ स्थित दुर्गा मावि खलङगेको घुम्ती शिविर उदघाटन गरी प्रहरीचौकी लारुम्बाको निरीक्षण गर्न जाँदै गर्दा माङसेबुङ गाउँपालिका ५ मा दमक-रवि सडकका लागि भन्दै बालुवा निकाल्दै गरेका स्काभेटरको साँचो नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए। ‘

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खोलाबाट अनाधिकृतरूपमा बालुवा निकालिरहेको भेटिएकाले स्काभेटरको साँचो नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘खोलामा स्काभेटर प्रयोग गरेर बालुवा निकाल्नु नै अवैधानिक हो। निकाल्नु नै परे त्यसको कानुनी प्रक्रिया पूरा गर्नुपर्छ। ’उनले जिल्ला समन्वय समितिलाई त्यसबारे आवश्यक कारबाहीका लागि अनुरोध गरी पठाएको पनि जानकारी दिए ।

जिल्लाको दक्षिणी भेग झापासँग जोडिएकाले यहाँको चुरे क्षेत्रका खोलाको गिट्टी-बालुवा निकासी बर्सेनी विवादित बन्ने गरेको छ। केही महिनाअघि झापाको सीमावर्ती चुलाचुली गाउँपालिकामा रतुवा खोलाको बालुवा निकासीको कर विवादित बनेको थियो।

इलाम जिल्लाभित्र पर्ने रतुवाबाट दमक नगरपालिकाले कर असुली रहेको अवस्थामा नापजाँच गर्दा केही भाग चुलाचुली गाउँपालिकामा समेत पर्ने अध्यक्ष प्रदिपचन्द्र राईले बताए। जिल्ला समन्वय समिति प्रमुख गणेश बरालले खोलाबाट प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी बालुवा उत्खनन् गर्नु अवैधानिक हुने बताए।sourse- timesofpradesh