विष्णुप्रसाद पोखरेल दमक/झापा दमक नगरपालिकाका जनप्रतिनिधिहरुले जनशक्तिको अभाव र प्रदेश तथा जिल्ला समन्वय समितिबाट कुनै पनि प्रकारको आर्थिक सहयोग प्राप्त गर्न ढिलाइ भएका कारण अपेक्षाकृत रुपमा अघि बढ्न नसकिएको जनाएकाछन् । यसले गर्दा पहिलो प्राथमिकताको सूचिमा परेका योजनाहरुलाई समेत दोश्रो प्राथमिकतामा राख्नु पर्ने बाध्यता आएको जनाउदै विकास निर्माणका कामहरुलाइ सकेसम्म दू्रत गतिमा अघि बढाइरहेको भन्दै यस्तो जनाएकाहुन् ।
शनिबार निर्वाचित भएपछि पहिलो पटक नेपाल कम्यूनिष्ट पार्टी दमक नगर समितिले राखेको जनतासंग जनप्रतिनिधि कार्यक्रममा बोल्दै दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले स्थानीय तहको निर्वाचनमा आफूहरुले घोषणापत्रमा उल्लेख गरे बमोजिम काम भइरहेको बताउनु भयो । नगरपालिकाबाट पूरक बजेट बनाइएको र अधिकाँश कार्यन्वयन भइसकेको उहाँले बताउनु भयो । औधोगिक पार्क निर्माण कार्यका लागि आवश्यक जग्गा प्राप्तिको काम भइरहेको जनाउदै अन्य ठूला योजनाहरुको विस्तृत परियोजना विवरणहरु समेत तयार भइसकेको जानकारी दिनु भयो ।
दमक नगरपालिकामा साविक दरबन्दि ९७ जनाको रहेको र अझै पनि १२ दरबन्दि खाली रहेको जनाउनु भयो । हालको संरचना अनुसार कर्मचारीहरुको ब्यवस्थापनको खाका निकाल्दा १ सय ४६ कर्मचारी आवश्यक रहेको भएपनि त्यो अवस्था नरहेकाले काममा पनि यसले प्रभाव परेको ओलीको भनाइ रहेको थियो । विषयगत शाखाहरुमा कर्मचारीहरु आएर काम शुरु गर्न थालेकाले अब नगरबासीले सहज रुपमा सेवा पाउने अवस्था सिर्जना हुदै गएको पनि उहाँले बताउनु भयो ।
ओलीले नगरपालिकाले अहिलेसम्ममा नगरसभा सञ्चालन, बैठक तथा कार्यबिभाजन, विपद ब्यवस्थापन निर्देशिका, जग्गा नाँपजाँच तथा धनिपूर्जा वितरण कार्यविधि, खेलकुद निर्देशिका, शिक्षा नियमावली, बिपन्न पहिचान कार्यबिधी, बजार ब्यवस्थापन नियमावली, कृषि तथा पशुपंक्षी उत्पादन तथा ब्यवस्थापन ऐन, दमक नगरपालिका न्यायिक समिति कार्यविधि तथा ऐन, स्थानीय विकास तथा परियोजना सञ्चालन, जग्गा प्लटिङ नीति, र मानव शंशाधन विकास कार्यबिधि पारित गरेर कार्यन्वयनमा ल्याईएको जानकारी दिनु भयो ।
नगर उपप्रमुख गीता अधिकारीले शिक्षा नियामवली बनाएर राजपत्रमा प्रकाशित गरेर कार्यन्वयनमा ल्याईएको, योजनाहरुको कार्यन्वयनको बिषयमा अनुगमनलाइ प्रभावकारी रुपमा अघि बढाइएको, न्यायिक समितिलाइ सक्रिय बनाइदै इजलाश शुरु गरिएको, सामुदायिक बिद्यालयमा अध्ययनरत छात्राहरुलाइ महिनावारी हुदा आवश्यक सेनिटरी प्याड बितरण कार्यक्रमलाइ अघि बढाइएको जानकारी दिनु भयो ।
नेपाल कम्यूनिष्ट पार्टीका दमक नगर अध्यक्ष बोधराज न्यौपानेका अनुसार आफूहरुको पाटीबाट जितेर गएका जनप्रतिनिधिहरुलाइ नगरबासीप्रति उत्तरदायी बनाउनका लागि यो कार्यक्रम गरिएको बताउनु भयो । उहाँले कम्तिमा पनि बर्षमा २ पटक यस प्रकारको कार्यक्रम राखिने बताउदै आफूहरुले गरेका तथा गर्न खोजेका र गर्न नसकेका कामहरु समेत यहाँ राखिने भएकाले पारदर्शीता समेत कायम हुने अपेक्षा आफूहरुको रहेको बताउनु भयो ।
नगरबासीहरुले नगर प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिहरुलाइ शिक्षा, स्वास्थ्य, विकास, खानेपानी लगायतका बिषयमा भएका गतिबिधि तथा कार्यक्रमहरुको बिषयमा प्रगतीहरुको बिषयमा जानकारी मागेका थिए । कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य देवेन्द्र दाहाल, प्रदेश सभा सदस्य तथा केन्द्रिय नेता अर्जुन राइ, गगन पुरी लगायतको उपस्थिति रहेको थियो ।










