हिजो मात्रै भारतबाट उपचार गरेर स्वदेश फर्किएका राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि विरामी परेका छन् ।
घिमिरेलाई आइतबार बिहान उपचारका लागि धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । उनको हाइ केयर युनिटमा राखेर उपचार भइरहेको छ ।
राष्ट्रकवी घिमिरेलार्य बाइल्याट्रल निमोनिया भएको उपचार संलग्न डाक्टरले बताएका छन् ।










