काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेकपासँग पार्टी एकताको तयारीको साथ सरकारमा सहभागि भएको बुझिएको छ । कुनै समय नेकपा एमाले र माओवादी हुँदै नयाँ पार्टी खोलेका यादव नेकपासँग एकता गर्ने बिषयमा सकारात्मक रहेको स्रोतको दाबी छ ।

यसअघि पनि विचारका हिसाबले विगतदेखि नै एमाले र माओवादीसँग नजिक रहेका यादव कम्युनिष्ट धारकै नेता हुन् । अहिले पनि कम्युनिष्ट धारकै विचारसँग उनको विचार मेल खान्छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा केपी ओली, प्रचण्ड र यादवको एकमत छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

६ महिनाभित्रमा नै फोरमलाई नेकपामा विलय गराउने योजनासहित यादव सरकारमा सहभागि भएको स्रोतले बतायो । स्रोतका अनुसार नयाँ शक्ति पार्टी नेपाललाई पनि नेकपामा ल्याउन पहल गर्ने बिषयमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमत भएका छन् । यद्दयपी नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई यो बिषयमा सकारात्मक देखिएका छैनन् ।

फोरम उपप्रधानमन्त्रीसहित सरकारमा सहभागि भएपछि संविधान संशोधनका बारमो विगतमा लिएको अडानबाट पछि हट्ने संकेत देखिएको छ । राष्ट्रिय जनता पार्टीले पनि फोरमलाई मधेशका मुद्दामा पछि हटेर सरकारमा सहभागि भएको आरोप लगाई रहेको छ । छलफल बाट