प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्य फिर्ता नलिए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।
प्रतिनिधिसभाको आइतवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले खाद्यवस्तुहरूको पनि मूल्य बढ्ने भन्दै गरीब र किसानहरूको पक्षमा सरकार नरहेको आरोप लगाएका थिए ।
‘मूल्यवृद्धि फिर्ता नलिए, नेपाली कांग्रेसले सदन अवरुद्ध गर्छ’, उनको चेतावनी थियो ।
यसैबीच सभामुख कृष्णबहादुर महराले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा सरकारलाई गम्भीर हुन ध्यानाकर्षण गरेका थिए ।










