काठमाडौं– पूर्व गृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ। शाहीको ७६ वर्षको उमेरमा आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

आज बिहान ७ बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गौला फेल भएर डाइलाइसिस गराउँदै आएका शाही अढार्इ महिनाअघि अस्पताल भर्ना भएका थिए।

लामो समय निजामति सेवामा बिताएका शाहीले अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए। डोटीको मुम्राकोट घर भएका शाही तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकाल २०६१ मा गृहमन्त्री भएका थिए।

उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने बताइएको छ।