( नरेन्द्र ढकाल/कमल पाण्डे विनोद )
झापा । जन्मसंगै मृत्युपनि निश्चय नै हुन्छ । तर मर्ने कसैलाई रहर हुदैन भने झैं सास हुन्जेल आश सबैलाई नै हुन्छ, त्यस्तै बाच्ने आशा बोकेर भौतारिरहेका छन् झापाका एक ब्यक्ति । २५ वर्षअघि टिभि रोग लागेका झापाको दक्षिणी गाउँपालिका बाह्रदशी–२, जनता घर भएका ६१ बर्षीय मोहमद हाकिम मियाँ सहारा खोज्दै भौतारि रहेका छन् । सहयोगको याचना गर्दै राजनीतिक दलको ढोका ढकढक्याउन गएका हाकिम जब कतैबाट सहयोग नपाएपछि निरास बन्दै केही दिन अघि आमसंचारको कार्यालयमा आई पुगेका थिए । वृद्धा अवस्थामा रहेका मियाँले भने– आफूले सञ्चार मिडियावाट मनकारी, सहयोगी व्यक्ति तथा संस्थाहरु संग आफ्नो दुख विसाएको र ठूलो भरोसा राखेको भन्छन । केहीदनि अघी आमसंचार डटकम र पूर्वाञ्चल दैनिकमा समाचार प्रकाशन भएसंगै केही समाजिक मन भएका ब्यक्तिहरुले आसमंचारको टिम संग सम्पर्क गरेर सहयोग गर्ने आशय पनि ब्यक्त गरेका छन् ।
उपचार अभावमा रोग पालेर बसेका हाकिमको घरमा शनिबार आमसञ्चारकर्मी टोली पुग्दा उनी निकै दङ्ग परेका थिए । आजसम्म यो गरिबको झुपडीमा कसैको पाइला परेको थिएन भन्दै हाकिम भक्कानिए । ९ जना सन्तान माध्ये भाग्यले बाँचेको एक्लो छोरापनि बुहरी लिएर हिडेपछि घरमा श्रीमान–श्रीमतीसंगै एक नातिनी रहेका छन् । छोराले अन्तरजातीय बिवहा गरेर जन्मिएकी छोरीलाई छाडेर बुहारी अर्कैसंग गएपछि पुनःदोस्रो बिहे त गरे तर उनीहरुले पनि हामिकलाई एक्लै पारिदिए । निकै हक्की स्वभावका हाकिमलाई दक्षिण क्षेत्रमा नचिन्ने कमै छन् । २०५४ सालमा गाउँ पञ्चायत सदस्य समेत भएका हाकिम अहिले भने बाँच्नकै लागि सहारा खोज्दै भौतारिरहेका छन् । २०४६ सालमा टिभी रोग लागेपछि उनले उपचार शुरु गराएका थिए । तर, तीन महिनाको औषधि किन्न नसकेर टीभी विग्रिएपछि उनी जीवनमरणको दोसाधमा रहेका छन् ।
हाल उनी मुटु, श्वासप्रश्वास, करङ र मुखवाट रगत जाने समस्याबाट पीडित रहेका छन् । बाह्रदशीमा रहेको १ विगाह ५ कठ्ठा जमिन बेचेर उनले उपचार गराए पनि रोगवाट हाकिमले मुक्ति पाउन नसकेको बताए । ईस्लाम धर्ममा आस्था राख्ने भए पनि उनी भन्छन् – आस्था जे राखे पनि ईश्वर एकै र विश्वका सबै मानव एकै हुन, नेपाल राष्ट्र र समाज सेवा प्रति क्रियाशिल रहँदै आफू आएको हुँदा सबैले सहयोग गर्नेमा आशावादी रहेको छु भन्छन ।
उनले आफूले पाउने सेवा सुविधा उपलब्ध गराइदिन आग्रह समेत गरेका छन् । फोक्सोमा समस्या भएपछि आफूलाई धेरै समस्या भएको भन्दै औषधिमा मात्रै दैनिक एक सय ५० रुपैयाँभन्दा बढी खर्च लाग्ने गरेको बताए । उनले आफूलाई हाल ५०–६० हजार रुपैयाँ भए काठमाडौं गएर उपचार गराउन सहयोग मिल्ने भन्दै सबैसँग सहयोगको याचना गरेका छन् । उनलाई सहयोग गर्न चाहानुहुने महानुभाव, संघसंस्थाले झापाको बिर्तामोडमा रहेको आमसंचार डटकमको कार्यालयको ९८५२६५५२९१ नं.मा र उनलाई सिधा सम्पर्क गर्नुपरे ९८१४९८०३२८ मा गर्न सकिने छ । आमसन्चार बाट










