पूर्वडिआइजी रमेश खरेलले सुन तस्करी र सनम शाक्य हत्याप्रकरण छानबिनका लागि बनेको गृह मन्त्रालयको समिति संयोजक इश्वराज पौडेल अनुभव हिन भएको बताएका छन् ।

उनले अपराध महाशाखाका एसएसपी दिवेश लोहनीलाई अभियोग लगाउनु त्रुटी भएको बताउँदै अनुसन्धानको दायराका विषयमा पौडेलले नजानेको र अनुभव नभएको पनि बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अपराध अनुसन्धानका क्रममा प्रहरी आफैं पनि अपराधी बनेर जानुपर्ने व्यवाहारिकतालाई नबुझेका कारण इमान्दार प्रहरी अधिकारी फँसेको खरेलको टिप्पणी छ ।

एउटा कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । उनको धारणामा पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी र पूर्वडिआइजी हेमन्त मल्लले पनि समर्थन गरेका थिए । दैनिक नेपाल बाट