३ हजार ८ सय किलो सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य प्रतिवादी डा.डेविट भन्ने छिरिङ्ग वाङगेल घलेले प्रहरीले प्रतिवादी बनाएको व्यक्ति आफू नभएको दाबी प्रस्तुत गरेका छन्।

मोरङ जिल्ला अदालतमा आइतबार हाजिर भएका डेविटले आफू नाताले भुजुङको साला भएपनि अभियोग पत्रमा रहेको डा.डेविट भन्ने छिरिङ्ग वाङगेल घले आफू नभएको बताएका हुन। उनले आफ्नो नाम छिरिङ वाङदेल गुरुङ भएको दाबी गरेका हुन्।

अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा १० पृष्ठ लामो बयान दिदै डेविटले आफू मोटर पार्टस र घरजग्गाको कारोबारमा संलग्न रहेको बयान दिएका हुन। उनले हाईड्रोपावरको शेयरका बिषयमा भुजुङसँग मनमुटाव भएको र अभियोग पत्रमा प्रतिवादी बनाईएका कसैलाई पनि नचिन्ने बयान दिएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डेविटले बयानमा आफू मनाङको सामान्य परिवारको भएको र त्यहाँ रहँदा कृषी पेशामा रहेको बयानमा खुलाएका छन्। उनले कामका लागि काठमाडौं आएर भुजुङसँग सम्पर्क गरेको डेविटको बयान छ।

उनले भुजुङसँग १ करोड १६ लाखको शेयर खरिद गरेको बिषयमा मनमुटाव भएको बयान दिएका छन्। प्रतिवादी बनाएको आफूले परिवारबाट थाह पाएर अदालतमा हाजिर भएको बताउदै उनले नाम फरक परेको बिषय बारम्बार दोहराएका थिए।  नेपाल खबर बाट