मुम्बई । तमिलकी चर्चित टिभी कलाकार संगीतालाई देह व्यापारको आरोपमा पक्राउ गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार संगीतालाई चेन्नईको एक निजी रिसोर्टबाट प्रहरीले छापा मारी रंगेहात गिरफ्तार गरेको हो।

संगीता टेलिभिजनमा ‘वानी रानी’ नामबाट चर्चित छिन्। उनी देह व्यापारको धन्धामा फसेपछि फिल्मी उद्योगमा तरंग पैदा भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा यौन धन्दामा अन्य कलाकारको नाम पनि खुल्न आएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कारवाही अघि बढेपछि संगीतासहित अन्य ठूला कलाकार पनि फस्न सक्ने अनुमान गरिएको छ। प्रहरीले छापा मार्दा संगीतासहित एक पुरुष र अन्य कलाकारलाई समेत नियन्त्रणमा लिएको छ। देह व्यापार चलिरहेको भन्ने सूचना पाएपछि प्रहरीले यहाँ छापा हानेको थियो। तमिल टेलिभिजन उद्योगमा संगीता चर्चित कलाकार हुन्। उनले कैयौ धारावाहिकमा काम गरेकी छिन्। केही तमिल फिल्ममा पनि उनले काम गरेकी छिन्। एजेन्सी /नागरिकबाट