रुकुम । नेपाली काग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमाले र माओवादी केन्द्र मात्र होईन नेपालका सबै कम्युनिष्टहरु एक हुनेपर्ने बताएका छन्। सरकारमा रहेका र सडकमा रहेका सबै कम्युनिष्टहरु सबै एक ठाउँमा आएर लोकतन्त्र र संघियताको अभ्यासमा लाग्नुपर्ने उनको भनाई थियो।

पार्टी कार्यकर्ता प्रशिक्षणका लागि रुकुम पश्चिम सदरमुकाम मुसिकोट आएका प्रवक्ता शर्माले प्रेस युनियन रुकुमको गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो कुरा बताएका हुन् नेकपा एमाले र माओवादी केन्द्र हिंसाको विचार माओवाद त्यागेर संसदीय राजनीतिमा आएको उल्लेख गर्दै नेपाली काग्रेसले लिएको शान्तिपुर्ण संसदीय राजनीतिमा अन्य कम्युनिष्टहरु पनि आउनुपर्ने उनको भनाई थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘अब हिंसाको बाटोमा कोहि नजाऔं सबै प्रजातान्त्रिक मुल्य मान्यता र शान्तिको बाटोमा हिडौं र अरुलाई पनि हिडाऔं’ उनले भने, ‘अब गाउँ र सडकमा आन्दोलन गर्ने विप्लवसहितका अन्य पार्टीहरुलाई पनि वाम सरकारले एकताबद्ध गरेर शान्तिपुर्ण बाटोमा ल्याउनुपर्छ, विप्लवलाई शान्तिपुर्ण बाटोमा ल्याउन अब गिरिजाबाबु आउनुहुन्छ ?, केपी र प्रचण्डले ल्याउनुपर्छ।’

रुकुम रोल्पा जस्ता जिल्लाका माटोहरु अब रगतले होईन विकास र समृद्धिले रंगिएको हुनुपर्ने उनको भनाई थियो। देशले संघियता संस्थागत सहितको विकास र समृद्धि चाहिरहेको भएपनि वाम सरकारको बजेट र कार्यशैली त्यसतर्फ केन्द्रित नभएको पनि उनको आरोप थियो।  छलफल बाट