दमक

पेट्रोलियम पदार्थको मूल्य बृद्धि बिरुद्ध सत्तापक्षधर बिद्यार्थी संगठनहरु नै आन्दोलनमा उत्रेकाछन् । साँसद नविना लामा समेत यस बिरुद्ध उठेकीछन् । बिद्यार्थी संगठनहरुले सम्बन्धित मन्त्रीको ध्यानकर्षण गराएकाछन् । यस्तो छ बिद्यार्थीको माग

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माननीय मन्त्री ज्यु

उद्योग,वाणिज्य तथा आपुर्ती मन्त्रालय 

सिंहदरबार,काठमाडौं

माननीय मन्त्री ज्यु !सरकार नियन्त्रित नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा श्रृङखलबद्ध रुपमा गरेको मूल्यवृद्धिको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। दैनिक जनजीवनसंग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल,डिजेल र मट्टीतेल जस्ता पदार्थमा गरिएको मुल्यवृद्धि र त्यसले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ। बहुसंख्यक जनता गरिविको रेखामुनि रहेको हाम्रो जस्तो देशममा सरकार केवल ब्यापारी मात्र वन्न सक्दैन भन्ने हाम्रो धारणा रहेको छ।अत्यावश्यक क्षेत्रमा सरकारले जनतालाई राहत र सहुलियत दिनुपर्दछ।

नेपाल आयल निगममा भएको भ्रष्टाचार,चुहावट ,अनियमितता र वेथिति अन्त्य गरेर जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने तर्फ पुर्ण रुपमा उदासिन भई केवल मुल्य समायोजनका नाममा एकहोरो रुपमा गरिएको आकाशिंदो मुल्यवृद्धिप्रति हाम्रो घोर आपत्ति रहेको छ। अर्को तर्फ दुई प्रकारको सिलिन्डर वनाई जनता र विद्यार्थीलाई सहुलियत दरमा ग्यांस उपलब्ध गराउने यसअघिको सहमति अझै कार्यान्वयन हुन सकेको छैन । यस स्थितिमा गैरजिम्मेवार ढंगले वढाइएको मुल्यवृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछौं।अन्यथा संघर्षमा उत्रन वाध्य हुनेछौं।

२०७५/०२/२१

नविना लामा,अध्यक्ष ,अनेरास्ववियु

नैनसिंह महर,अध्यक्ष ,नेविसंघ

रञ्जित तामाङ ,अध्यक्ष,अखिल(क्रान्तिकारी)

विमल पोखरेल,अध्यक्ष ,अखिल(छैठौ)