महानगरीय अपराध महाशाखाका तत्कालीन अधिकारीले सुन तस्करीका मुख्य नाईके चुडामणि उप्रेती ‘गोरे’ सहितको समुहलाई ‘फेक इन्काउन्टर’ गर्ने तयारीका साथ फिल्डमा खटिएको अनुसन्धानमा खुलेको छ।

NIC ASIA महानगरीय अपराध महाशाखाका तत्कालीन अधिकारीहरुले कुख्यात सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ पक्राउभन्दा उनी र उनको समुहको ‘फेक इन्काउन्टर’ को उद्देश्यले पूर्व गएको खुलासा भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धान गरिरहेको समितिले बरामद गरेको टेलिफोन रेर्कडअनुसार गोरेलाई बचाउन भन्दै धरान पुगेको टोलीले त्यही रात उनी आएको भए टेकराज मल्ल, मोहन काफ्ले र कृष्ण केसीसहितलाई उर्लाबारीकै जंगलमा इन्काउन्टरको तयारी गरेको देखिएको हो।

समितिले बरामद गरेको तत्कालीन महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसीबीच भएको टेलिफोन वार्तामा सनम शाक्यको शब बरामद गरिसकेपछि टेकराज मल्ललाई उर्लाबारी लैजाने त्यही गोरे र अन्य उनका सहयोगी बोलाएर हत्या गर्ने योजनाका विषयमा छलफल भएको छ।

नेपालखबरलाई प्राप्त अडियोमा एसएसपी लोहनी र डिएसपी केसीबीच गोली चलाउन धरान वा उर्लाबारीको कुन जंगल ठिक हुने भनेर सम्वाद भएको छ। ६ मिनेट १४ सेकेण्ड लामो सो टेलिफोन वार्तामा लोहनीले केसीलाई उर्लाबारीकै जंगलमा इन्काउन्टर गर्दा उचित हुने सल्लाह दिएका छन।

‘क्राइम सिन पनि त्यही (उर्लाबारी) हो, त्यही ठिक हुन्छ, सबैलाई त्यही बोलाऊ,’ लोहनीले केसीलाई भनेका छन् (सुन्नुहाेस् अडियाे)।

काठमाडौंदेखि नै ‘टारगेट आउट’ को तयारी तत्कालीन महाशाखा प्रमुख लोहनीले टोली धरान पठाउनु अघिदेखि नै गोरे र उनको समूहको इन्काउन्टरको योजना बनाएको देखिन्छ। उनले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई फोन गर्दा फोन डाईभर्ट भएर अतिरीक्त महानिरीक्षक बमबहादुर भण्डारी कहाँ पुगेको थियो। एआईजी भण्डारीलाई गोरे र उनको समूहले हतियारसहित आक्रमण गर्ने सम्भावना रहेकाले आफ्नो टोली प्रतिकारको तयारीसहित खटिन लागेको जनाएका थिए।

तर अतिरिक्त महानिरीक्षक भण्डारीले समितिमा दिएको बयानमा आफू फेक इन्काउन्टरको पक्षमा नरहेको उल्लेख गरेका छन्। लोहनीले एआईजी भण्डारीलाई विश्वस्त गराउन कोशिस आफू त्यसमा सहमत नभएको उनले उल्लेख गरेका छन्। एआईजी भण्डारीले यो विषयमा थप छलफलका लागि महानिरीक्षकलाई फोन गर्न निर्देशन दिएको बताएका छन्।

अनुसन्धानमा तत्कालीन प्रहरी महानिरीक्षक अर्याल यसअघि बिदा बस्दा कहिलै कल डाइभर्ट नभएको तर यसपटक मात्र डाइभर्ट भएर एआईजी भण्डारीकोमा पुगेको खुलेको छ। एआइजी भण्डारी समेतले यसअघि अर्याल बिदा बस्दा आफूकहाँ कहिलै कल डाइभर्ट भएर नआएको समितिलाई बताएका छन्।

‘प्रहरीको इतिहासमा संगठन प्रमुखलाई गरेको फोन रेकर्ड गरेर राखिँदैन, टोली पठाउनु अघि अनुमति लिँदैदेखिका सबै कल रेर्कड भएका छन्। कहिले डाइभर्ट नहुने आईजीपीको फोन डाइभर्ट भएको छ,’ अनुसन्धान समिति सदस्यले नेपालखबरसँग भने, ‘यी यावत प्रमाणआधारमा लोहनीमाथि मुद्दा अघि बढाइएको हो।’

समिति सदस्यले भने, ‘प्रहरी पोष्ट नजिकै रहँदा समेत गोरेलाई पक्राउ नगराउने र आफ्नै टोलीद्वारा हत्या गर्ने योजनाका पछाडि सुन तस्करी रहस्य सार्वजनिक हुन नदिने नियत देखिन्छ। बाहिर प्रचार गरिएका हल्लाभन्दा हामीले तथ्य प्रमाण हेर्ने हो।’ लोहनीले किन बनाएनन् गोरेलाई प्रतिवादी ?

समितिकाअनुसार महाशाखा प्रमुख लोहनीले आफ्नो टोलीलाई दुई फरक योजनासहित फिल्डमा खटाएका थिए। पहिलो योजना गोरेबाट रकम लिने र उनको इन्काउन्टर गर्ने थियो। दोस्रो उनलाई सहयोग गरेको देखाएर रकम हातपार्ने रहेको दाबी छ।

महाशाखाको टोलीले २०७४ फागुन १८ गते राति धरान पुगेपछि गोरेलाई बोलाउन रातभर र अर्कोदिन बिहानसम्म प्रयास गरेको थियो। काठमाडौंको टोली इटहरी आइनपुग्दै उनी भारतर्फ भागेकाले बच्न सफल थिए। अर्कोतर्फ महाशाखा टोली नियन्त्रणमा रहेका टेकराज मल्लले रातिको बयानमा गोरेको सम्पर्क सुत्रको रुपमा प्रहरी अधिकारीको नाम लिएपछि टोली इन्काउन्टर गर्न हच्किएको थियो। प्रहरी नियन्त्रणमा रहेका मल्लले सुन प्रकरण र सनम शाक्य हत्याबारे गोरेले एसपी विकासराज खनाल, डिआइजी गोविन्द निरौलाबीच छलफल भएको बयान सोही रात दिएका थिए।

अन्डरकभर बार्गेनिङको अर्को पाटो काठमाडौंबाट महाशाखाको टोली हिँडेपछि डिएसपी बालकृष्ण सञ्जेल र डिएसपी प्रजित केसीले गोरेसँग केश मिलाउन डिल गरेका थिए। अन्डरकभर अप्रेसन भनिएको यो प्रकरणको घटनास्थलमा पूर्वसहमतिअनुसार रकमसहित गोरे नआएपछि उनलाई प्रतिवादी नबनाउने शर्तमा टोलीले बारम्बार कुराकानी गरेको थियो। सुन तस्करी र सनम शाक्य हत्याका विषयमा महाशाखाले अनुसन्धान गरिरहे पनि २०७४ फागुन १९ गते विराटनगरमा तयार पारेको घटनास्थल प्रतिवेदनमा गोरेलाई प्रतिवादी बनाएका थिएनन्। नेपाल खबर बाट साभार 

https://youtu.be/MAnFZWX8x44

https://youtu.be/MAnFZWX8x44

https://youtu.be/MAnFZWX8x44

https://youtu.be/MAnFZWX8x44