काठमाडौं । आन्तरिक रक्तश्राव नरोकिएपछि राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई पुनः नयाँदिल्ली लगिएको छ । उपचार गरेर फर्किएको भोलिपल्लै अर्थात आज घिमिरेलाई पुनः उपचारको लागि भारत लगिएको हो ।
निमोनियाको कारण श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारको लागि आज नयाँदिल्ली लगिएको राष्ट्रकवि घिमिरेका छोरा राजीव घिमिरेले जानकारी दिए ।
राष्ट्रकवि घिमिरेलाई नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको हो । घिमिरेसँगै ग्राण्डी अस्पतालका डा. रोहित चौधरी र छोरा राजीव पनि भारत गएका छन् ।
ग्रान्डी अस्पतालमा उपचार गराइरहेका घिमिरेको आन्तरिक रक्तश्राव नरोकिएपछिगत जेठ ९ गते उपचारका लागि भारतको मेदान्त अस्पतालमा लगिएको थियो ।
उपचारपछि स्वास्थ्यमा सामान्य सुधार आएपछि घिमिरे हिजो नेपाल फर्किएका थिए । रातो पाटी बाट










