सुनसरी । प्रहरीले सुनसरीको धरानबाट आठ जुवाडे पक्राउ गरेको छ। धरान उपमहानगरपालिका १२ स्थित अर्जुन कटुवालको घरबाट उनीहरु पक्राउ गरिएको हो। उनीहरुलाई विशेष सुचनाका आधारमा तास खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

जुवाको खालबाट प्रहरीले नगद साठी हजार रुपैया र तीन बुक तास समेत बरामद गरिएको छ। पक्राउ परेका सबै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान कार्य भईरहेको छ।