काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा तत्कालिन नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य तथा सगरमाथा आरोही दिवंगत प्रकाश दाहालको सम्झनामा प्रकाश दाहाल स्मृति स्तम्भको शिलान्यास गरिएको छ ।

नेकपाका अध्यक्ष प्रचण्डका सुपुत्र समेत रहेका प्रकाश दाहालको सम्झनामा नेपाल पर्वतारोही संघले ककनीस्थित पर्वतारोही पार्कमा निर्माण गरेको शिलान्यासको आज एक समारोहबीच खानेपानी मन्त्री बीना मगरले शिलान्यास गरेकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो अवसरमा बोल्दै मन्त्री मगरले सगरमाथा आरोही तथा सहयोगीहरुले कष्टकर जीवन बिताउनुपरेको बताउँदै राज्यले आरोहीहरुको सम्मान र भरणपोषणका लागि विशेष कार्ययोजना ल्याउनुपर्नेमा जोड दिइन् ।

‘प्रकाशजीले समेत बारम्बार आरोहीहरुको जीवनलाई सम्मानजनक कसरी बनाउने भनेर चिन्ता व्यक्त हुन्थ्यो, सकेको पहल पनि गर्नुभयो ।’ मन्त्री मगरले भनिन्, ‘तर अहिले पनि आरोही र शेर्पाहरुलाई जीवननिर्वाहको समस्या रहेको छ । नेपालमा हिमाल र हिमश्रृंखला भनेर हामीले गर्व गर्छौं, आरोहीहरुको सम्मान गर्न सके मात्रै हिमाल र हिमश्रृंखलाको पनि सम्मान हुन्छ ।’

मन्त्री मगरले आरोही र सहयोगी शेर्पाहरुको न्यायोचित सम्मानका लागि पहल गर्ने प्रतिबद्धता समेत उक्त अवसरमा व्यक्त गरे ।

आफू स्वयम पनि सगरमाथा आरोही रहेकोले सबै आरोहीहरुसँग भावनात्मक सम्बन्ध रहेको बताउँदै मन्त्री मगरले नेपालमा पर्यटन क्षेत्रको मुख्य कडीका रुपमा रहेको आरोहणका विषयमा राज्यले गम्भीरता देखाउन समेत जोड दिइन् ।

उनले भनिन्, ‘हिमश्रृंखला र त्यससँग सम्बन्धित मानवीय जनशक्तिको सही सदुपोग र सम्मान गर्न सकिए यो क्षेत्र राष्ट्रिय आयको प्रमुख क्षेत्र बन्न सक्छ । पर्यटन मन्त्रालय, नेपाल सरकार र अन्य सबैले आर्थिक समृद्धिमा पर्यटनक्षेत्रको महत्वबारे गम्भीर भएर सोच्नु जरुरी छ ।’

पछिल्ला दिनहरुमा जलवायु परिवर्तनको सोझो सम्बन्ध हिमश्रृंखला र आरोहणमा परेको उल्लेख गर्दै मन्त्री मगरले जलवाय परिवर्तनका कारण ग्लेशियरहरु पग्लिनेदेखि अन्य देखिएको चुनौतीलाई सामना गर्न हिमालकेन्द्रीत विशेष कार्ययोजनाको निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।

हिमाल क्षेत्रमा सरसफाई, हिमालसँग जीविकाका माध्यमले जोडिएका समुदाय र जलवायुकाउनको भनाई थियो ।

सोही अवसरमा पार्कमा बृक्षारोपण समेत गरिएको थियो ।