काठमाडौं, २२ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सिंहदरवारमा दुईवटा फलफूलका बिरुवा रोपेर देशैभर फलफूलमय देश बनाउने अभियानको शुरुवात गर्नुभएको छ ।

सिंहदरबारभित्रको खालीभागमा प्रधानमन्त्री आफैंले कोदालोले भुई खनी लिची र एभोकाडोका दुईवटा बिरुवा रोप्नुभएको हो । विश्व वातावरण दिवसको अवसरमा सिंहदरबारको कार्यक्रममा आउनुभन्दा अगाडिका दुईवटा कार्यक्रमापनि प्रधानमन्त्रीले सबैलाई फलफुलका बिरुवा रोप्न निर्देशन दिनुभएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘एक नेपाली, एक फलफुल’ बिरुवा अभियानमा सहभागि हुनुभएका मन्त्री, सचिव, कार्यालयका अन्य कर्मचारीलाई निर्देशन दिदै प्रधानमन्त्रीले भन्नुभयो, ‘फलफुलमा आत्मनिर्भर हुन अन्य देशहरुमा निर्यात गर्न, हाम्रो आफनै स्वास्थ्यका लागि खानपिनमा सन्तुलित आहार बनाउन फलफुल रोप्नैपर्छ ।’

उहाँले बालबालिकामा पौष्टिक तत्व पुरा गराउन भोजनमा फलफूल र सब्जिलाई अनिवार्य गराउनुपर्ने बताउनुभयो । ‘हामी फलफूल मय देश बनाउँछौ, हरियालीमय देश बनाउँछौ’ उहाँले भन्नुभयो । सरकारले हरियालीपूर्ण नेपाल र फलफूलमय नेपाल बनाउन आजै सिंहदरबारमा आँपका २० , लिची १५, एभोकाडो २१, अनार ७८, अम्बा २५, कागती २०, जुनार ५०, सुन्तला १०, मुन्तला ११२ र मेकाडेमियानट ४० बिरुवा रोपेको छ ।

‘वन जोगाऊ, वन बढाऔं, फलफुल लगाऔं, हरियाली बढाऔं, आम्दानी बढाऊ, वातारण सपारांै’ भन्दै सबैमा फलफूलको बिरुवा अनिवार्य रोप्न आग्रह गरिएको छ ।

फलफूलका बिरुवा रोप्ने अभियान अन्र्तगत बर्षभरिमा धेरै करोड बिरुवा रोप्ने सरकारको अभियान छ । सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को परिकल्पनालाई पुरा गराउन वातावरणीय सन्तुलनले पनि भूमिका खेल्ने अपेक्षा लिइएको छ । हाल ४५ प्रतिशत वन क्षेत्रमा रहेको नेपालाई त्यतिमै सिमित नराखी वनकै रुपमा विकास गर्न सबैले बिरुवा रोप्नुपर्ने सरकारको निर्देशन छ ।