एजेन्सी। इण्डोनेशियामा अचम्मको परम्परा छ। यहाँ प्रत्येक वर्ष महिलाहरुले अपरिचित पुरुषसँग यौन सम्पर्क राख्छन्। विवाहित महिलाका श्रीमानलाई पनि आफ्नी श्रीमतीले परपुरुषसँग यौन सम्पर्क राखेको जानकारी हुन्छ। यो परम्परा १६ औं शताब्दीदेखि अहिलेसम्म चली आएको छ। पोन मेलाका क्रममा ठूलो संख्यामा पुरुष र महिलाहरु माउन्ट केमुकसमा पुग्छन्।

यहाँ महिलाहरु अपरिचित पुरुषलाई खोज्छन्। र अपरिचित पुरुषसँग यौन सम्पर्क राख्छन्। फेरि ३५ दिनको अन्तरालमा त्यस्तै मेलाको आयोजना गरिन्छ, महिलाले पहिला यौन सम्पर्क गरेको पुरुषसँग फेरि सम्बन्ध स्थापित गर्नुपर्छ। यस्तो सात पटकसम्म गरिन्छ। जसले गर्दा महिलाको मनोकाँक्षा पूरा हुने विश्वास गरिन्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

औं शताब्दीमा प्यागेरन समोद्रो नाम गरेका एउटा राजा थिए। उनी आफ्नी सौतेनी आमा नायी ओंत्रोवुलानप्रति आशक्त थिए। एक रात उनीहरुबीच शारीरिक सम्बन्ध भइरहेको बेला उनीहरुको हत्या गरिएको थियो। त्यसपछि यहाँ एउटा यस्तो मान्यता स्थापित भयो की जब दुई जना यौन सम्पर्कको क्रिया पूरा गर्छन्, जुन क्रिया प्यागेरन समोद्रो र नायी ओंत्रोवुलानले मृत्यु अगाडि पूरा गरेका थिएनन्। यसो गर्दा आफ्ना सबै दुख समाप्त भएर सुखका दिन आउने जनविश्वास छ।

यसलाई लिएर अर्को धारणा पनि छ, प्यागेरन समोद्रो र नायी ओंत्रोवुलानले यौन सम्पर्क गरेर पाप गरेका थिए, किनभने उनीहरुबीचको सम्बन्ध आमा छोराको थियो। यदि कोही महिला या पुरुष कुनै अपरिचितसँग शारीरिक सम्बन्ध स्थापित गर्छ भने त्यो पनि पाप हुन्छ। त्यसकारण अपरिचितसँग शारीरिक सम्बन्ध राखेर पाप गर्नेलाई पनि समोद्रो र ओंत्रोवुआन आशीर्वाद दिन्छन्।

पोन मेला जावाको गाउँमा वर्षौंदेखि अवस्थित केमुकस पर्वतमा मनाइन्छ। यहाँ आउने महिला, पुरुष पहिला प्यागेरन समोद्रो र नाी ओंत्रोवुलानको जिहानमा फूल चढाउँछन्। अनि पोखरीमा स्नान गरेपछि अपरिचत व्यक्तिसँग यौन सम्पर्क स्पापित गर्नछन्। यहाँ होटल पनि बनाइएको छ, जहाँ जोडीले रात बिताउन सक्छन्।