दमक/मेची सहकारी संस्थाको अगुवमा झापाको दमक–३ स्थित अन्तरसंस्था बहुउद्देश्यीय कृषि उद्योग केन्द्रको हातामा मंगलवार एक कार्यक्रमबीच बृक्षारोपण गरिएकोछ। विश्व वातवरण दिवसको सन्दर्भ पारेर मावा खोला तटबन्धन हुने गरी बाँस रोपिएको हो ।

मावा खोला किनारमा बाँसको २ सयभन्दा बढी विरुवाहरु रोपिएको र यसलाइ निरन्तरता दिने मेची सहकारी संस्थाका ब्यवस्थापक खोमप्रसाद बगालले जानकारी दिएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

करिब दुई विगाहा बढी खोला किनारमा भुक्षय रोक्न बाँसको विरुवाहरु रोपिएको र यस क्षेत्रलाइ पर्यटकीय क्षेत्र बनाउने उदेश्उ रहेको सो अवसरमा जानकारी दिईएको थियो ।

बृक्षारोपणको उद्घाटन मेची सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराई ,उद्योगका अध्यक्ष काशीनाथ पौडेललगायतका सहकारीकर्मीहरुले गरेका थिए ।