दमक /विश्व वातवरण दिवसको सन्दर्भ पारेर दमक नगरपालिका र दमक उद्योग बाणिज्य संघले गमला सहितको फलफूलको विरुवा निशुल्क रुपमा बितरण गरेको छ । मंगलवार एक कार्यक्रमबीच दमकको पशुहाटबाट हनुमान मन्दिरको सडकमा फूल सहितको गमला बितरण गरिएको हो ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारी, दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, वडाध्यक्ष भीम पौड्याल, रेडक्रस दमकका निवर्तमान सभापति लिला गुरागाइ लगायतको उपस्थितिमा सडकको दूइ किनारमा गमला सहितको फूल रोप्ने अभियान शुरु गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीय टोल विकास संस्थाका अध्यक्ष नविन श्रेष्ठले स्वागत सहित औचित्यमाथि प्रकाश पार्नु भएको कार्यक्रको सञ्चालन बाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल गुरागाइ र समापन बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले गरेका थिए ।