दमक /झापाको दमकमा प्रहरीले दूइदिन अघि छापा मार्दा ४ युवती सहित ७ जना पक्राउ परेपनि केहि घण्टापछि छाडिएको पाईएको छ । प्रहरीले दमकका नाम चलेका र यसभन्दा अगाडि झापा नमारिएका होटलहरुमा छापा मारेको प्रहरी श्रोतले बताएको छ ।
प्रहरीले छापा मारेपछि दमकका केहि अगुवा ब्यवसायीहरु प्रहरी कार्यालय पुगेर यस्तो कार्य नगर्नका लागि आग्रह गरेको पनि बताइन्छ । प्रहरीले आफूहरुले ब्यापार ब्यवसायलाइ असर पार्ने उदेश्यले नभइ शंकाश्पद गतिबिधिमा संलग्नहरु होटलहरुमा बसेको हुनसक्ने भएकाले छापा मारेको बताएको एक होटल ब्यवसायीले बताएकाछन् ।
होटलबाट प्रहरीले रंगेहात यौन लिप्त भएको जोडिहरुलाइ नै पक्राउ गरेको श्रोतको भनाइ रहेको छ । प्रहरीले भने परिवार तथा आफन्तको जिम्मा लगाएर पक्राउ परेकाहरुलाइ छाडिएको जनाएको छ । छापा मारिएका होटलहरुको नाम भने खुलाइएको छैन ।










