कमल गा.पा.। भेदभाव छुवाछुत उन्मुलन दिवसकाे अवसरमा "चलन चल्ती" टेलिसिरियल टिमले साेमबार कमल गांउपालिका प्राङ्गणमा "अन्धबिश्वास " नमक लघु नाटक मञ्चनगर्याे। बर्तमान समयमा पनि समाजमा छुवाछुत र भेदभाव ब्यप्त रहेकाले समाज सहजिकरणमा टेवा पुर्याउने उदेश्यका साथ लघु नाटक "अन्धबिश्वास " मञ्चन गरिएकाे हाे । उक्त नाटक ज्ञानेन्द्र काेइरालाकाे लेखनमा मात्रिका पाैडेल र ज्ञानेन्द्र काेइरालाकाे निर्देशन रहेकाे छ भने,श्रीङ्गार साेम मगरातीकाे रहेकाे साे "अन्धबिश्वास " नाटकामा मात्रिका पाैडेल ,ज्ञानेन्द्र काेइराला,इश्वर दुलाल,सपना तिवारी,साेम मगराती,सुवास शकंर सुवास शकंर,मनाेज खत्री,केशव कार्की,मनिस खत्री,सुवास अधिकारी र सुरज साह लगायतका कलाकार हरूकाे अभिनय रहेकाे थियाे । १३ औ छुवाछुत उन्मुलन दिवशमा सचेतनामुलक कार्ययक्रम,कमल गाउपालिका कार्यलयकाे प्रायाेजनामा "शासन ब्यक्तिकाे हाेइन बिधिकाे हुनुपर्दछ "भन्ने नाराका साथ कमल नगर जेसिस, कमल गाउपालिकाकाे अायाेजनामा भेदभाव तथा छुवाछुत उन्मुलन दिवसकाे अवसरमा "अन्धबिश्वास " नाटक मञ्चनका साथमा सचेतनामुलक कर्यक्रम सम्पन्न भएकाे थियाे । उक्त कर्यक्रममा प्रमुख अतिथि कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले कार्यक्रममा जातिय विभेदले समाजमा जरागाडी सकेकाले यसलाई फाल्न सबैले आ आफ्ना ठाउँबाट सुरु गर्नु पर्ने बताईन् भने प्रमुख बक्ता साेमनाथ प्राेतेल लगायतले भेदभाव तथा छुवाछुत उन्मुलन बाेमा अाफ्नाे मन्तब्य राखेका थिए ।











