बलात्कार मुद्दामा पक्राउ परेका व्यक्तिलाई छुटाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। ललितपुरको महांकाल गाउँपालिकाका श्याम लामालाई काभ्रे प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा रहेका एक व्यक्तिलाई प्रहरीसँग सेटिङ मिलाएर छुटाइदिने भन्दै उनले २० हजार रुपैयाँ लिएका थिए।
अभियुक्तका बुवासँग उनले पैसा लिएका थिए।प्रहरीले खबर पाएपछि उनलाई पक्राउ गरेको हो।अभियुक्त लामा बिचौलिया भएको प्रहरीले जनाएको छ। नेपाल लाईभबाट










