काठमाडौं । गृह मन्त्री रामबहादुर थापा बादलले समयमा काम सम्पन्न नगर्ने ठेकेदार जो भए पनि कारवाहीको दायरामा ल्याइने बताएका छन् ।
उनले गृह मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । समयमा काम नगर्ने ठेकेरदारमध्ये प्रचण्डका घरभेटी पनि छन् उनलाई कारवाही हुन्छ त ? भन्ने पत्रकारको प्रश्नमा गृह मन्त्री थापाको जवाफ थियो, “सबै ठेकेदार घरधनी नै हुन् । को घरघनी के गर्छन् । सांसद् पनि ठेकेदार होलान् । तर त्यसो भनेर उम्कन पाइँदैन । यो राज्यको अभियान हो । जसले समयमा काम पूरा गर्दैन । राज्यको कानुनको उल्लंघन गर्छन् भने राज्यले त्यसलाई अपराध मान्छ । त्यसलाई कारबाही गर्नुपर्छ । सभासद या कसैको घरधनी भए पनि काम नगरे कारबाही हुन्छ । निमय उल्लंघन गर्ने जो कोही पनि कारवाही पर्छन् ।”
उनले विकास निर्माणमा वाधा व्यवधान भए मुलुकको समृद्धिको अभियान पूरा नहुने बताए । बार्हखरी बाट










