महानगरीय प्रहरी प्रभाग नागढुंगाले छुट्टाछुट्टै घटनामा लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ।
प्रहरीले नागढुंगामा चेकजाँचको क्रममा सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ५ ख २३९९ नम्बरको यात्रुवाहक बसमा सवार धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका–३२ घर भएका २५ वर्षीय सन्तोष झाले झोलामा लुकाई छिपाई ल्याउँदै गरेको ९०० ट्याव्लेट नाईट्रोजेपाम लागुऔषध बरामद गरेको छ ।
यस्तै, जनकपुरबाट काठमाडौं आउँदै गरेको ना ५ ख १४४१ नम्बरको यात्रु वाहक बसमा सवार सप्तरी जिल्ला, राजविराज नगरपालिका–७ बस्ने १७ वर्षीय अमरेस कुमार यादव र काठमाडौं महानगरपालिका–३२ बस्ने २१ वर्षीय राजिव घिमिरेको साथबाट ५९३ ट्याव्लेट नाईट्रोजेपाम बरामद गरेको छ।
यसैगरी, विरगंजबाट काठमाडौं आउँदै गरेको ना ५ ख ७२७६ नम्बरको यात्रुवाहक बसमा सवार चितवन जिल्ला रत्ननगर नगरपालिका–३, टाँडी बस्ने २१ बर्षीय प्रजेश अधिकारीको साथबाट १५० ट्याव्लेट नाईट्रोजेपाम लागुऔषध बरामद गरेको छ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त थानकोटमा राखी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। -नेपालखबर बाट शाभार










