उदयपुरको त्रियुगा नगरपालिका ३ मोतीगढा चौकस्थित एक घरबाट प्रहरीले १० जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाका आधारमा स्थानीय अमृत खत्रीको घरमा तास खेल्दै गरेका १० जनालाई पक्राउ गरिएको हो। प्रहरीले जुवाको खालबाट प्रहरीले तास र नगद तीस हजार नौ सय पैसठ्ठी रुपैया समेत बरामद गरेको छ।
त्यसैगरी प्रहरीले सार्वजनिक स्थानमा हो–हल्ला गर्ने तीन युवकलाइ समेत त्रियुगा नगरपालिका ३ बाट नियन्त्रणमा लिएको छ।
स्थानीय पुलहाउसमा लागुऔषध सेवन गरी हो–हल्ला गरेको भन्ने सुचनाका आधारमा नियन्त्रणमा लिई अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको जनाइएको छ । आमसन्चार बाट










