संघीय समाजवादी फोरमले विगत केही दिनयता विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालहरूमा संघीय फोरम र नेकपाबीच पार्टी एकीकरण हुन लागेको भनि प्रचारित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघीय फोरमका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बिहीबार विज्ञप्ति जारी गरेर गत वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दल/पार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको जनाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘फोरम र नेकपाबीच एकीकरणको सन्दर्भमा तत्काल कुनै पनि सम्भावना नरहेको अवस्थामा पनि पार्टी एकीकरण हुन लागेको भन्दै सुनियोजित ढंगले जनतामा भ्रम सिर्जना हुनेगरी प्रचार गरिँदैछ’, विज्ञप्तिमा भनिएको छ, ‘तथ्यहीन ढंगले आइरहेका गलत समाचारहरूको भ्रम फैलाउन र जनतामा गलत सन्देश दिने नियतले प्रचारित यस्ता प्रायोजित एवं निराधार समाचारहरूमा कुनै सत्यता नरहेको तर्फपनि सम्पूर्ण पार्टी पंक्ति र आमजनतालाई स्पष्ट पार्न चाहन्छौं ।’

संघीय फोरम र नेकपाबीच पार्टी एकीकरणको कुरा चलेको भनेर समाचार आइरहेका बेला सो अध्यक्ष यादवले तत्काल पार्टी एकीकरणको कुनै सम्भावना नरहेको बताएका हुन् । दैनिक नेपाल बाट