ओखलढुंगा । सालोकी श्रीमतीलाई खुकुरी प्रहार गरी घाईते बनाउने प्रहरी हवल्दारलाई प्रहरीले पक्राउ गरेको छ । मानेभन्ज्याङ्ग गाउँपालिका ३ उबुका सर्मिला राईलाई खुकुरी प्रहार गरि घाईते बनाउने सोही स्थानका अमर राई पक्राउ परेका हुन् । अमर मोरङ्ग कानेपोखरीमा कार्यरत प्रहरी हवल्दार हुन् ।

राईले मंगलबार बिहाँन आफ्नै सालोकी श्रीमती सर्मिलालाई धारिलो खुकुरी प्रहार गरि ज्यान लिने प्रयास गरेका थिए । खुकुरी प्रहारबाट सर्मिला गम्भीर घाईते भएकी छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको सामुदायिक अस्पताल ओखलढुंगामा उपचार भईरहेको छ । खुकुरी प्रहारबाट सर्मिलाको टाउँको र दुईटै हातमा गहिरो चोट लागेको छ । टाउँकोमा तिन ठाउँ र दुवै हातको नाडि र औलामा गहिरो चोट लागको छ । सोमबार बेलुका सर्मिलाको घरमै बास बसेका राईले विहान खुकुरीले आक्रमण गरेका हुन् । घटनाको कारण भने खुलेखको छैन ।

सर्मिलाको ज्यानै लिने उद्देश्यले राईले आक्रमण गरको प्रत्यक्षदर्शी स्थानिय भुपेन्द्र बहादुर राईले बताए । उनले भने हामि समयमै नपुगेको भए सर्मिलाको ज्यानै लिने थियो । खुकुरी प्रहारबाट भुईमा डलिसकेकी सर्मिलालाई स्थानीयले उद्धार गरी उपचारका लागि अस्पताल पु¥याएका थिए ।