काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराइले प्रदेश नं १ को इन्चार्जको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफलपछि ७ ओटै प्रदेशमा इन्चाजै र सह इन्चार्ज तोहिएको छ ।

जिम्मेवारी वाडफाड गर्ने क्रममा प्रदेश १ को सह इन्चार्जकाु जिम्मेबारी राम कार्कीलाई दिईएको छ । त्यसैगरी प्रदेश नं २को इन्चार्ज सत्यनारायण मण्डल सह इन्चार्जको जिम्मेबारी प्रभु शाहलाई दिईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश नं ३को इन्चार्ज अष्टलक्ष्मी शाक्य र सह इन्चार्जको जिम्मेबारी हितमान शाक्यले पाएका छन् । प्रदेश नं ४ इन्चार्ज देबेन्द्र पौडेल सहइन्चार्ज खगराज अधिकारी, प्रदेश नं ५ इन्चार्ज घनश्याम भुसाल सह इन्चार्जको जिम्मेबारी जयपुरी घर्तीले पाएकी छिन् ।

प्रदेश नं ६ इन्चार्ज जनार्दन शर्मा सहइन्चार्ज यमलाल कंडेल र प्रदेश नं ७ इन्चार्ज भिम रावल सह इन्चार्जको जिम्मेबारी खगराज भट्टले पाएका छन् । छलफल बाट साभार