काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले बिहीबारबाट औपचारिकता पाएको छ । ने क पाले चुनाव चिह्न सूर्य प्रयोग गरे पनि पूर्वमाओवादी केन्द्रले प्रयोग गरेको गोलाकारभित्रको हँसिया हथौडा प्रयोगमा निर्वाचन आयोगले रोक लगाएको छ ।

आयोगले प्रदान गरेको दर्ता प्रमाणपत्रको तेस्रो बुँदामा उल्लेख छ– “निर्वाचन आयोगमा दल दर्ता नम्बर ३२ मा दर्त रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) र दर्ता नम्बर ३७ मा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रयोग गरेको यसै दलले एकीकरण भई माग गरेको बाहेकका नाम, झण्डा र चिह्न राजनीतिक दल सम्बन्धी ऐनको दफा (१०) को उफदफा (७)० बमोजिम कुनै दलले प्रयोग गर्न नपाउने व्यवस्था गर्ने ।”

त्यस्तै आयोगले यसअघि ने क पाले बुझाएको विधान, घोषणापत्रलगायतका कागजातमा नाम संशोधन गरी नेपाल कम्युनिस्ट पार्टी र संक्षिप्तमा (ने क पा) उल्लेख गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ । ने क पाले यसअघि नेपाल कम्युनिस्ट पार्टी पार्टीको नाम प्रस्ताव गर्दै आयोगमा दर्ताका लागि निवेदन दिएको थियो । बार्हखरी बाट साभार

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड