भद्रपुर/सुनसरीबाट तालिमका लागि झापा आएका एक सशस्त्र प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ। पूर्वक्षेत्रीय सशस्त्र प्रहरी बल बराह बाहिनी पकली सुनसरीमा कार्यरत सशस्त्र प्रहरी जवान अर्जुन बस्नेतको मृत्यु भएको हो।

उनको विपी कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा विहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार झापाको अर्जुनधारा नगरपालिकामा विपद पूर्वतयारी तथा खोज उद्धार सैद्धान्तिक तालिमका लागि सशस्त्र प्रहरी निरीक्षक उत्तम बस्नेतको कमाण्ड उनीसहित ११ जना आएका थिए।

सशस्त्र प्रहरीको टोली सोही नगरपालिकाको स्थानीय होटल खान्कीमा बस्दै आएका थिए। बिहान २ बजे सशस्त्र प्रहरी जवान बस्नेत अर्धचेत अवस्थामा होटलअघि लडेको देखेपछि प्रहरी निरीक्षक बस्नेतले उपचारको लागि धरान लगेका थिए।