काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी (राजपा)लाई असार ३० सम्म महाधिवेशन गरिसक्न पत्र पठाएको छ।

आयोगले राजपाको विधानको धारा २२ (१०) मा उल्लिखित एक वर्षभित्र महाधिवेशन गरिनेछ भन्ने प्रावधानलाई उद्धृत गर्दै महाधिवेशन गर्न निर्देशन दिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२०७४ असार ३० को निर्णयले पार्टी एकीकरण भएको र सो मितिको एक वर्षभित्र महाधिवेशन गरी आयोगलाई जानकारी गराउन आयोगले निर्देशनात्मक आदेश दिएको हो।

अघिल्लो वर्ष विभिन्न ६ पार्टी मिलेर राजपा गठन भएको थियो।

आयोगको पत्रबारे पार्टीको बैठक बसेर आवश्यक निर्णय गरिने राजपाका नेताहरुले प्रतिक्रिया दिएका छन्।