दमक/नेपाल कम्यूनिष्ट पार्टी नेकपाको प्रदेश नं. १ को जिम्मेवारी योगेश भट्टराइले पाएकाछन् । जिम्मेवारी बाँडफाँडको क्रममा भट्टराइलाइ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष प्रचण्डले यो जिम्मेवारी प्रदान गरेकाहुन् ।
भट्टराइ तत्कालिन नेकपा एमालेमा सचिब तथा प्रचार बिभाग प्रमुखको जिम्मेवारीमा रहेका थिए । अहिले उनलाइ १ नम्बर प्रदेशको पार्टी कामको मुख्य जिम्मेवारी प्रदान गरिएको बताईएको छ ।
ओलीले चुनावको समयमा उनको निर्वाचन क्षेत्रमा गएर साँसद बनाएमा आफूले मन्त्री बनाइ दिने बताएका थिए । पछि उनको अभिब्यक्तिका कारण मन्त्री बनाउन ओलीले चासो नदिएको बताइदै आएको थियो ।
युवा नेता भट्टराइ आफू मन्त्री बन्न कसैको चाकडी नगर्ने भन्दै पार्टी काम निरन्तर गर्ने बताएका थिए । उनले अब जिम्मेवारी र नेतृत्व युवाहरुलाइ सुम्पनु पर्छ भन्दै बहस चलाइ रहेकाछन् ।










