(पार्थ मण्डल) झापा ।

झापामा फुडपोइजनका कारण पाँच जना विद्यार्थी सिकिस्त बिरामी भएकी छिन् । झापा बिर्तामोड नगरपालिका ५ स्थित देवी माध्यमिक विद्यालय कक्षा १० मा अध्ययरत पाँच छात्रा फुडपोइजनका कारण सिकिस्त बिरामी भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फुडपोइजनले बिरामी पर्ने छात्राहरु १६ बर्षीया विनिता राई, १७ बर्षीया कुन्ती विक, १६ बर्षीया सृजना विक, १६ बर्षीया डम्बरकुमार खतिवडा र १६ बर्षीया सविना लिम्बु रहेको जनाइएको छ । घटना विवरण अनुसार विद्यालयको टिफिन समयमा नजिकै रहेको मञ्जु खाजा घरमा गएर ती छात्रहरुले खाजा खाएकी थिइन् ।

खाजा खाएर विद्यालय फर्किएपछि कक्षा कोठामै छात्राहरुको पेट दुख्ने, रिगांटा लाग्ने र पटक पटक वान्ता गरेपछि तत्काल उपाचारका लागि मनमोहन अस्पताल विर्तामोड पुर्याएको विद्यालयका प्रधानाध्यापक अम्बिका श्रेष्ठले जानकारी दिइन् । हाल पाँच जना मध्ये तीन जनाको सोही अस्पतालमा उपाचार भइरहेको छ ।

बिरामी परेकी छात्रा सृजनाले भनिन्, ‘मञ्जु हामीले खाजा घरमा गएर चटपटे र चाउमिन खाएका थियौ, त्यसपछि मसंगै सबै साथीहरु बिरामी परिन् ।, यता इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले मञ्जु खाजा घरका सञ्चालक बिर्तामोड ३ निवासी सञ्जयकुमार राजवंशीले खाजा बनाएको भाडाकुडासहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।