काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रालयका सचिवहरुलाई असार १५ भित्र आगामी वर्षमा गर्ने कार्यक्रमहरूको सूची पेश गर्न निर्देशन दिएका छन् ।
शुक्रबार मन्त्री तथा सचिवहरूलाई एकै ठाउँमा राखेर प्रम ओलीले यस्तो निर्देशन दिएका हुन् ।
अगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट तथा बजेटमा अन्तरनिहित कार्यक्रम कार्यान्वयनका लागि आफ्ना योजना पेश गर्न प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको बताइएकाे छ ।
निर्देशन दिने क्रममा कर्मचारी व्यवस्थापनको गुनासो भए आफूलाई जानकारी गर्न पनि प्रधानमन्त्री ओलीले भनेका थिए ।










