अब निजामती कर्मचारीले बहुविवाह गरे जागिरबाट बर्खास्त हुने भएका छन्।
सरकारले बहुविवाह गर्ने कर्मचारीलाई सेवाबाट हटाउने गरी नयाँ कानुनको खाका तयार गरेको खबर आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सोका सर्तको व्यवस्था गर्न बनेको विधेयकमा कर्मचारीले बहुविवाह गरेको अबस्थामा बर्खात हुने प्रावधान छ।
निजामती सेवा ऐन, २०४९ (चौथो संशोधन) मा यो प्रावधान नभए पनि नयाँ कानुनमा बहुविवाह गर्ने कर्मचारीलाई पनि बर्खास्त गर्ने नियमावली ल्याउने तयारी गरिएको हो।










