दमक/चर्चित न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताईएको छ । अहिले उनलाइ सघन उपचार कक्षमा राखेर उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको बताइएको हो ।

सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा डा. देवकोटाको मृत्यु भएको भन्ने सूचनाहरु आएपछि यो एकैक्षणमा भाइरल भएको थियो । यसले देवकोटाको परिवारमा ठूलो घात परेको बताइन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डा.देवकोटाको न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ । डा. देवकोटाको निधन नभएको थाहा पाएपछि सामाजिक सञ्जालमा अफावह फैल्याउने बिरुद्ध आक्रोश पोख्दै सामाजिक सञ्जालहरुमा सटाटस हालिन थालेको छ ।