काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामवहादुर थापा वादललाई निवासमै बोलाएको थर्काएको हप्काएको भन्दै प्रकाशित समाचार तथ्यहिन र कपोकल्पित भएको अध्यक्ष दाहालको नीजि सचिवालयले स्पष्ट पारेको छ ।
नेकपाका अध्यक्ष दाहालले गृहमन्त्री थापालाई निवासमै बोलाएर कुनै पनि ठेकेदारलाई कार्बाही नगर्नु गरे राम्रो हुँदैन भनेर चेतावनी दिएको भन्ने समाचारमा कुनै पनि सत्यता नरहेको सचिवालयले स्पष्ट पारेको हो । व्यवसायी शारदा अधिकारीको नाममा जोडेर आएको समाचार पार्टी अध्यक्ष दाहाललाई बदनाम गर्ने षड्यन्त्र मात्रै भएको दाहालको नीजि सचिवालय प्रमुख गंगा दाहालले वताइन् ।
अध्यक्ष दाहालले गृहमन्त्री थापाको कामप्रति सन्तुष्ट व्यक्त गरेको समेत सचिवालयले स्पष्ट पारेको छ ।
यता, गृहमन्त्री थापाको नीजि सचिवालयले पनि केही अनलाइनले गलत समाचार प्रकाशन गरेर पार्टी अध्यक्ष र गृहमन्त्रीविच फाटो ल्याउने षड्यन्त्र गरेको र समाजमा भ्रम सृजना गर्न खोजेको बताएको छ ।
विभिन्न क्षेत्रमा देखिएको विकृतिप्रति गृहमन्त्री थापा कडा रुपमा प्रस्तुत भएपछि तीनै समुहले अफवाह फैलाएको सचिवालयले जनाएको छ । गृहमन्त्री थापाको सचिवालयले यस्ता घट्नाले आफुहरुलाई झनै सचेत गराएको पनि स्पष्ट पारेको छ ।










