प्रकाशन र प्रशारणका लागि प्रहरीले पठाएको सूचना यस्तो छ
मिति २०७५।२।२५ गते अं. १९:३० बजेको समयमा जिल्ला झापा कमल गा.पा. वडा नं. ५ स्थित पाडाजुङी चोकमा निम्न हुलिया भएको नाम थर वतन बताउन नसक्ने, अलि अलि बोल्ने, प्रष्ट नबुझिने, सुष्त मनस्थिती जस्तो देखिने अं. ११/१२ वर्षको बालक बेवारीसे अवस्थामा यस का. बाट डिउटीमा खटिएको प्रहरी टोलीले फेला परी यस ईलाका प्रहरी कार्यालय दमक झापामा ल्याई राखिएको हुँदा निजको कोही अबिभावकहरु हाल सम्म सम्पर्कमा नआएको हुँदा निज बालकको हुलिया निम्नानुसार रहेको हुलिया सहितको फोटो यसै संलग्न राखि पठाईएको छ, प्रशारण गरी दिनु हुन अनुरोध गरीएको छ । 9852670609/023580100
निम्न:-
वर्ण गहुँगोरो, उचाई अं. ४ फिट, सेतो भेष्ट र कालो कट्टु लगाएको, खुट्टामा चप्पल नलगाएको, हेर्दा मङ्गोलियन जस्तो देखिने, प्रष्ट बोल्न नसक्ने, सुष्त मनस्थिती जस्तो देखीने अं. ११/१२ वर्ष को बालक ।











