सघन उपचारमा रहेका प्रख्यात न्युरोसर्जन डा. उपेन्द्र देवकोटालार्इ अाज बिहान केहीबेर अस्पताल परिसर बाहिर निकालिएकाे छ ।
स्वास्थ्यमा सामान्य सुधार देखिएपछि गएराति भेन्टिलेटरबाट निकालिएका उनलार्इ अाज बिहान घाम ताप्न उपचारकक्षबाट बाहिर ल्याइएकाे थियाे ।
करिब अाधा घण्टाजति उनलार्इ बिहानकाे कलिलाे घाममा राखिएकाे थियाे । त्यसक्रममा थुप्रै शुभेच्छुकले टाढैबाट श्रद्धा व्यक्त गर्दै डा. देवकाेटालार्इ स्वास्थ्यकाे कामना गरे ।
गएरातिदेखि विभिन्न सामाजिक सञ्जालमा उनकाे अवस्थाबारे गलत सूचना प्रवाह भएपछि अाज बिहानै न्युराे अस्पताल परिसरमा थुप्रै शुभेच्छुक जम्मा भएका थिए ।
डा. देवकोटाको परिवारले भने ‘सामाजिक सञ्जालको विश्वास नगर्नुहोस्’
स्वास्थयमा सामान्य सुधार देखिएपछि उनलार्इ भेन्टिलेटरबाट बाहिर निकालिएकाे चिकित्सकहरूले जनाएका छन् । तर, अझै पनि सघन उपचार कक्षमा राखेर उनकाे उपचार भइरहेकाे छ ।
यसअघि अाजै बिहान अस्पताल प्रशासन र परिवारले विज्ञप्ति निकाली डा. देवकाेटाकाे अवस्थाबारे चलेका हल्ला निराधार भएकाे स्पष्ट पारेकाे थियाे ।
गम्भीर अवस्थामा उनकाे उपचार भइरहेकाे भन्दै अस्पताल प्रशासनले अस्पतालकाे अाधिकारिक विज्ञप्तिका अाधार मात्र समाचार सम्प्रेषण गर्न पनि सञ्चारमाध्यमलार्इ अाग्रह गरेकाे थियाे ।
नयाँ पत्रीका बाट









