विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि संघीय समाजबादी फोरम नेपाललाई सरकारमा समावेश गरेको बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार विहान प्रत्रकारहरुसँग प्रधानमन्त्री ओलीले आवश्यक परे विपक्षीलाई पनि सरकारमा समावेश गर्ने भन्दै देशको समृद्धिका लागि कुनै पनि कसर बाँकी नराख्ने स्पष्ट पारे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फरक प्रसंगमा उनले अघिल्लो सरकारले पर्याप्त गृहकार्य विना बजेट विनियोजन गरे पनि अहिलेको बजेट त्यस्तो नभएको भन्दै अब जनताको अपेक्षा अनुसारका काम गर्ने जनाए ।

ad ad प्रधानमन्त्री ओलीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्दैछन् । यसअघि उनले प्रदेश नं ३ र ५मा सम्बोधन गरिसकेका छन् । बार्हखरी बाट