जुम्ला : नेपालगन्जदेखि जुम्ला आउँदै गरेको तारा एयर ९एन एइभी कल साइको जहाज जुम्ला एयरपोर्टमा ल्यान्ड गर्दै गर्दा दुर्घटना भएको छ ।

नेपालगञ्जबाट जुम्ला पुगेको विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको हो। विमानमा सवार १६ यात्रु र तीन चालक दलका सदस्य सकुशल छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पाइलट जेके निरौला र को–पाइलट हिक्मत रोकायासहित यात्रु सकुशल छन् । जहाज रनवेको ट्रयाक छोडेर सय मिटर बाहिर पुगेको छ ।

टायर पम्चर भएर दुर्घटनामा भएको प्रहरीको भनाइ छ । दुर्घटनाबाट जोगिएका यात्रुमध्ये एक कैलालीका टेकराज चौधरीले पुर्नजन्म पाएको अनुभूति भएको बताएका छन् ।

अन्नपूर्ण बाट साभार