दमक/अन्तर बहुद्धेशीय कृषि उद्योग केन्द्र प्रालीको आठौ बार्षिक साधरणसभाले नयाँ नेतृत्व चयन गरेको छ । आज मेची सहकारी संस्थाको सभाहलमा भएको साधरणसभाले अध्यक्षमा पुन काशिनाथ पौड्याल सहित नयाँ नेतृत्व चयन गरेको हो ।
उपाध्यक्षमा होमबहादुर थापा, निर्देशकमा मणिकुमार भण्डारी, सचिवमा नारायण भट्टराइ, सदस्यहरुमा फणिन्द्र दाहाल, तुलाराम न्यौपाने र चन्द्रकला ढकाललाइ चयन गरेको हो ।
आज भएको साधरणसभाले सचिब होमबहादुर थापाले प्रस्तुत गरेको साँगाठनिक प्रतिवेदन समेत पास गरेको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।










